रौतहटको माधवनारायण नगरपालिकाले स्थापनाको ८ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । नवनिर्मित प्रशासनिक भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादवले उद्घाटन गरेका छन् । नगर प्रमुख यादवले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता अनुरूप प्रशासकीय भवन निर्माण गरिएको बताउनु भयो
पर्यटन विकाश कार्यालय रौतहटका कार्यालय प्रमुख बबिता जैसवालले सुशासन र पारदर्शितामा जोड दिंदै नागरिकको हकहितमा सेवा प्रवाह पहिलो प्राथमिकता रहने बताएकि छिन । कार्यालय प्रमुखको रुपमा पर्यटन विकास कार्यालय रौतहटको कार्यभार सम्हाल्नु भएका जैसवालले कार्यालयको सेवा प्रवाहमा विभागीय मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगको
रौतहटको सव भन्दा पुरानो नगरपालिका गौर नगरपालिकाको खाता बन्द हुँदा कामकाज प्रभावित भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलको मौखिक आदेशमा गएको शुक्रवार गौर नगरपालिकाका लेखा अधिकृत छैठौं सोहेल अन्सारीको नाममा खाता संचालन गरेको थियो ।